सर्लाहीबाट निर्वाचनमा महिला सहभागिता न्यून

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यमा २ सय २ जनाको उम्मेदवारी रहेकामा १५ महिला रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा ५ ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा १, प्रदेशसभा–२ मा २, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा १ र प्रदेशसभा–२ मा पनि १ महिलाले उम्मेदवारी दिएका थिए ।

यसैगरी महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र विजयी भएकी थिइन् । उनले नेकपा एमालेकी उम्मेदवार शान्तिकुमारी लामालाई ६ हजार ६ सय ९९ मतान्तरले पराजित गरेकी थिइन् ।

जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार २ सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार ६ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले ६ हजार ९ सय ७८ मत प्राप्त गरेकी थिइन् ।

महिला सहभागिता न्यून देखिने अवस्था छ, महिला अधिकारकर्मी अम्बिका राउतले बताइन्।