नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासङ्घको नवौं महाधिवेशन

काठमाडौं । नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन शुरु भएको छ । मुख्य न्यायाधीश डा रत्न बागचन्दले नेपालगन्जको बालेगाउँमा मङ्गलबारदेखि शुरु भएको महाधिवेशनको उद्घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने सो महाधिवेशनमा देशभरिका हजारभन्दा बढी प्रतिनिधिहरुको सहभागिता छ। नेपालको संविधानले अपाङ्गता भएका र नभएका बीच कुनै पनि भेदभाव नगरेको जनाउँदै अपाङ्गता भएका नागरिकलाई पनि अवसर र अधिकार दिनुपर्ने डा बागचन्दले बताए । उनले अपाङ्गता भएकाहरुलाई सरकारले झन् बढी महत्त्व दिनुपर्नेमा बताएका छन् ।

यसैगरी राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदी, पूर्व अध्यक्ष डा वीरेन्द्रराज पोखरेल र दीपक कोइराला, राष्ट्रिय लोकतान्त्ररिक अपाङ्ग सङ्घका अध्यक्ष भोजराज श्रेष्ठ, अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टीकाराम पराजुलीलगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।