महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल पार्किङ गरेर राख्न नदिएपछि व्यापारीहरूले तत्कालै वैकल्पिक व्यवस्था गर्न माग गर्दै विरोध गरेका हुन् ।

महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्कीको नेतृत्वमा करिब १ सय ५० जना व्यवसायीहरू सडकमा उत्रेर नाराबाजी समेत गरेका थिए । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरुको भनाइ छ । आन्दोलनमा सहभागी एक व्यापारीले भने, ‘हामी घरबहाल कर तिर्छौं, व्यवासाय कर तिर्छौं, तर हाम्रो सवारी साधन कहाँ राख्न उनीहरूले पार्किङ माग गर्दै बागबजार क्षेत्रका पसलहरुसमेत बन्द गराएका छन् ।

आन्दोलनका आगामी कार्यक्रम तय गर्न भोलि ११ बजे बैठक बस्ने गरी आजको विरोध कार्यक्रम समापन गरिएको छ ।