जिप दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हँुदा उनीहरुको मृत्यु भएको बताएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

यसैगरी दुर्घटनामा परी घाइते भएका ८ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री रहेको बताए ।

जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिएका छन् ।