२४.४६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । आज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४.४६ अङ्कले घटेर १ हजार ९ सय ३८.७६ अङ्कमा कायम भएको हो ।

आज २ सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार २ सय ८६ कित्ता शेयर २६ हजार ४ सय ७५ पटक खरिदबिक्री हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । एक सय ८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३५.. ९२ अङ्कले घटेको छ । उत्पादन समूहको उपसूचक एक सय २३ .४७ अङ्कले घटेको छ ।

बैंकिङ समूह ९.७८, विकास बैंक समूह ५३.२१, वित्त समूह ३७.७५, होटल तथा पर्यटन समूह ३५.७४ र जलविद्युत् समूह ३५.०३ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ७.३७ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ३० करोड ८३ लाख ५७ हजार र शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६ सय ६२ कित्ता बराबर कारोबार भएको छ ।