पहिरोमा बस पुरिँदा ३३ को मृत्यु, ९ घाइते

काठमाडौँ । कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । उक्त घटनमा अन्य ९ जनाको घाइते भएका छन् । बस पुरिँदा मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन् ।

कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक गाउँमा यात्रुबहाक बस पुरिएको हो । भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जनजीवन अस्तब्यस्त बनेको छ । पहिरोका कारण कयौं कच्ची घरहरु भत्किएका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेको छ । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित पारेको छ ।