सुनको मूल्य ६ सयले घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य घटेको छ । सोमबार कारोबार भएको तुलनामा तोलामा ६ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ३ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ४ सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर १ हजार ३ सय ५० तोकिएको महासङ्घले जनाएको छ ।