चोलेन्द्रशमशेरमाथि महाभियोगको विषय जीवितै छ, नयाँ संसदमा छलफल हुन्छ : प्रवक्ता कार्की

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

प्रवक्ता कार्कीले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यसबारे छलफल गरिने बताए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै सरकारका प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग जीवितै रहेको बताएका छन् ।

उनले भने महाभियोगको विषय जिवितै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ, ‘महाभियोग संसदको सम्पत्ति हो। नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं।’

संघीय संसद सचिवालयले भने चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको छ। सोही पत्रका आधारमा चोलेन्द्रशमशेर सर्वोच्च आउन लागेका छन्। नेपाल बारलगायतले चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने बताइरहेका छन्।

मङ्गलबार प्रधानन्यायाधीश जबराले महाअभियोग निष्प्रभावी भएको जानकारीका लागि सचिवालयमा निवेदन दिएका थिए । उक्त पत्रमा भनिएको छ, “संविधानको धारा १०१ (२) बमोजिम तत्कालीन प्रतिनिधिसभामा पेस भएको महाअभियोग संसद्को कार्यकाल समाप्त भइसकेको हुनाले संविधानको प्रतिबन्धात्मक वाक्याङ्श बमोजिम निष्प्रभावी भएको हुँदा प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नको लागि सम्बन्धित निकायलाई जानकारी गराइदिनु हुन सादर अनुरोध गरेका थिए ।