काठमाडौं । कतारमा जारी विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
हिजो राति क्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको जानकारी दिएका छन् ।
यसैगरी क्वार्टरफाइनलमा साबिक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्यान्ड्स, इङ्गल्यान्ड, मोरोक्को र पोर्चुगलले स्थान बनाएका छन् ।
पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार राति ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने बताएका छन् ।
Add Comment