सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य बढ्ेको छ । अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेर १ लाख ५ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाखमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले बढेर १ हजार ४ सय पुगेको महासङ्घले जानकारी दिएको छ ।