दोबिल्ला पुल मर्मत गरिँदै

काठमाडौं । जिल्लाका ५ पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको बताएका छन् ।

यही मङ्सिर २८ गते बुधबारदेखि गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोबिल्ला–फलेवास सडक बन्द गरिने बताएका छन् ।

सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखाएका थिए । यो पुलले कुश्मा नगरपालिकाका ६ वटा वडाका साथै फलेवास नगरपालिका, विहादी, महाशिला र पैँयु गाउँपालिकाका सबै वडा र छिमेकी स्याङ्जासमेत समेट्दै आएको बताएका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार सवै पक्षको छलफलवाट पुल मर्मतका लागि मङ्सिर २८ गतेदेखि पुस १९ गतेसम्म सडक बन्द गरिने छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मर्मतको काम गरिने जानकारी दिएका छन् ।

यसैगरी गण्डकी प्रदेश सरकारको बजेटबाट पुल निर्माण थालिएको हो । विसं २०५६ मा ट्रयाक खुलेको दोबिल्ला–फलेवास सडकमा यो अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरेका थिए । सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप लगाएका छन् । पुलमा बिछ्याइएका फलामे पाताको बढीमा ५ वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेको स्थानीय चित्रसागर श्रेष्ठले बताएका छन् ।

उनका अनुसार दैनिक सयभन्दा धेरै सवारी ओहोरदोहोर गर्ने पुलमा दैनिकजसो सवारी फस्ने र दुर्घटना हुनेजस्ता जोखिम बढेका र दुवैतर्फ फलामका लठ्ठा तानेर बनाइएको पुलको भुईँमा फलामका पाता राखिएको बताए । क्षमताभन्दा बढी भार भएका सवारीका कारण पाता धस्सिएका छन् साथै साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

विभागले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्ने गरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ । कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले अघिल्लो सोमबार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिएका छन् ।

जीर्ण पुलको विषयमा गम्भीरताका साथ कुरा राखिएको थियो । फलेवास नगरप्रमुख गङ्गाधर तिवारीले भने सम्भाव्यता अध्ययन भएको छ । चालु वर्षमै ठेक्का खुलाउने गरी कुरा अघि बढेको बताए । पुरानो पुलको उत्तरतर्फसँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे प्राविधिकसँग कुराकानी भएको उनले बताएका छन् ।