अवैध लागूऔषध सहित १ जना पक्राउ

काठमाडौं, सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित सुखिपुर नगरपालिका-७ बस्ने २४ वर्षीय विजय मण्डललाई आइतबार साँझ पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।