छुटेका सांसदले लिए अध्यक्ष राणाबाट शपथ

काठमाडौँ । बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् ।

संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी केन्द्रका सांसद रामकुमार राईले सपथ लिएका हुन् ।

यादव माओवादीको चिन्ह हँसिय हथौडाबाट चुनाव लडेका थिए । सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उनले सपथ लिएका थिएनन् ।

माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए ।