नयाँ सरकार निर्माणका लागि सत्तारुढ दलको वैठक बालुवाटारमा

काठमाडौं । म्रंसिर ४ गतेको निर्वाचन पश्चात नवनिर्वाचित संघ तथा प्रदेश सांसदहरुले शपथ ग्रहण गरेसँगै सरकार निर्माणको तयारी पनि गरिँदै छ । नयाँ सरकार निर्माण गर्नका लागि सत्ताधारी दलका शीर्षस्थ नेताहरु बालुवाटरमा वैठक बसिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी रहेका छन् ।
भोली पुस १० गते ५ बजेभित्र सरकार गठन गर्नका लागि राष्ट्रपतिले दिएको समय सकिँदैछ । त्यसका लागि पनि सत्तारुढ दलका नेताहरु सरकार गठन गर्ने विषयमा छलफलमा जुटेका हुन् ।