सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ सयमा कारोबार भएको थियो । आज प्रतितोला १ लाख ५ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाखमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ९० कायम रहेकोे महासङ्घले जानकारी दिएको छ ।