मधेश प्रदेश : सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

काठमाडौँ । मधेश प्रदेशसभा सचिवालयको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएका छन् ।

नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालायले बताएको छ । मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यले प्रदेशसभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम शपथ लिनुपर्ने जानकारी दिएका छन् । दलहरुसँगको समन्वयमा बैठक बस्दैछ, सचिव यादवले भने, त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।

त्यसैगरी संविधानको धारा १८३९१० बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनकोअन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आहवान गरिसक्नुपर्ने बताए।

यही पुस २ गते निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताएका छन् ।