बागमतीमा कांग्रेस संसदीय दलको चुनावमा लामा र बानियाँबीच प्रतिस्पर्धा हुँदै,

काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ ।

संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । लामा अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका यसपटक बागमती प्रदेश सभाका लागि उम्मेदवार भई निर्वाचित भएका हुन् । त्यस्तै बानियाँ अघिल्लो पटक पनि दलको नेता भएका थिए ।

उनीहरु दुवै संस्थापन पक्षका हुन् । बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद रहेको बताएका छन् ।

यसैगरी दलको नेता चयन गर्दा संस्थापन पक्षकै सांसदहरु २ तिर विभाजित हुँदा शेखर समूह निर्णायक बन्न सक्ने बताएका छन् ।