तारकेश्वरबाट नक्कली नेपाली नोट सहित पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका–४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित एक जानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा आदर्श कोटवाल गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तर रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । उनीलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको छ ।