यातायात कार्यालयबाट अनुगमन ७ जना पक्राउ

काठमाडौँ । यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने २ जनालाई प्रहरीले नियन्त्रमा लिएका छन् ।

प्रहरीले ७ जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनीहरुमाथि अनुसन्धान सुरु भएको कठमाडौं उपत्यका प्रहरी कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

कठमाडौं उपत्यका कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी कार्यालय र ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय, एकान्तकुना ठूलोभर्‍याङ र चाबहिलबाट ५ जना र स्वास्थ्य परीक्षण रिपोर्ट फर्जी दिने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।

उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सेवाग्राहीको चाप रहने यातायात कार्यालय, एकान्तकुनामा पुगेर मंगलबार अनुगमन गरेका थिए । उनले अनुगमन गरे लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताए ।