छात्रवृत्ति दिलाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । छात्रवृत्ति दिलाई दिन्छु भन्दै नगद ८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका(१० घर भई काठमाडौं बानेश्वर बस्ने २७ वर्षीय सन्तोष मण्डल रहेका छन् ।

इन्डो ग्लोबल कन्सलटेन्सी बागबजारको संचालक हुँ भन्दै भारतमा छात्रवृत्तिमा इन्जिनियरिङ शिक्षाको लागि दिल्ली टेक्नोलोजीकल युनि भर्सिटिमा भर्ना गराईदिन्छु भन्दै पीडितबाट उक्त नगद लिई ठगी गरेको खुल्न आएपछि मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई मिनभवनबाट पक्राउ गरेको बताएका छन् ।

अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको जानकारी दिएका छन् ।