CGNET ले ल्यायाे नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा

काठमाडौँ । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, CGNET ले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।  साे योजना अन्तर्गत कम्पनीले १०४९ रुपैयाँमा २ सय ५० Mbps इन्टरनेट र  ११५४ प्रति महिनामा २ सय ५० Mbps  IPTV  प्रदान गर्ने भएको छ ।

कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाटै आकर्षक इन्टरनेटकाे सेवा लिन सक्नेछन । ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै CGNET ले यो नयाँ पोस्टपेड योजना ल्याएको हो।

“पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ । यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिनेगरि रु २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।

इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, CGNET  ले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना
ल्याएको छ ।

साे योजनाको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ इन्टरनेट प्रदान गर्नु हो।