प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार बुधबार साँझ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको निवासमा भेटवार्ता भएको बताएका छन् ।

सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री प्रचण्ड बालकोट गएका थिए । उनीहरुबीच सरकारले विश्वासको मत लिएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताएका छन् ।

यसैगरी भेटवार्ता मन्त्रिपरिषद् विस्तारको विषयमा केन्द्रित भएको थियो ।