मतदातासँग गरेको प्रतिवद्वता पुरा हुन्छ : नेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवम् सांसद पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरेको प्रतिवद्वता कार्यान्वयनतर्फ आफू लागिरहेको बताएका छन् ।

खड्काले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका चुनावीसभामा आफूसहित तत्कालीन गठबन्धनका तर्फबाट गरिएका प्रतिवद्धता कार्यान्वयन हुने बताए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका आमसभामा विकासका दृष्टिले पछाडि परेको कर्णाली लाई अन्य प्रदेशमा बजेट धेरै छुट्याइने उनले चर्चा गरेका छन् ।

सांसद खड्काले चुनावी अभियानका क्रममा गरिएका प्रतिवद्धताप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रतिवद्ध रहेको बताएका छन् ।
कर्णालीको तिब्रतर विकास गरेर देशकै समृद्ध र विकसित प्रदेश बनाउने प्रस्ताव मैले राखेको छु, त्यसमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति जनाउनु भएको छ,नेता खड्काले बताए ।

राजनीतिक समीकरणले कर्णालीको विकास र समृद्धिमा कुनै किसिमको समस्या नआउने बताएका छन् । भेरीगंगा उपत्यका नमुना आधुनिक शहर निर्माणको काम अघि बढेको छ, रामघाटमा विमानस्थलको काम पनि सुरू भएको उनको भनाइ रहेको छ ।

उपसभापति खड्काले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाई दिने क्रममा आफूले कर्णालीका मतदातासँग गरिएका बाचाको स्मरण गराएको पनि उनले बताएका छन् ।