सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने हो : प्रकाश ज्वाला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा सांसद ज्वालाले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झैँ नेपाली कांग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताए । उनले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने धारणा व्यक्त गरेका छन् ।

‘‘सभामुख पदका उम्मेदवार प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखका लागि सक्षम, योग्य हुन् । हामीले उहाँलाई समर्थन गर्नेछौँ र
अब यो सभाले आफ्नो नेता पाउने छन् । आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरुलाई दलीय आग्रहभन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्र्नेे छन् ।

उनले राम्रो र सशक्त भूमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुन् । सांसद ज्वालाले भने, ‘‘साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उनले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउने बताए ।

राष्ट्रिय सहमतिको हिसाबले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्ने विश्वास लिएको बताएका छन् ।