संसदलाई एकतावद्ध बनाउन देवराज घिमिरे योग्य : हितराज पाण्डे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय सभामा अनुभव प्राप्त गरिसकेकाले देवराज घिमिरे सभामुखका लागि योग्य रहेको बताएका छन्।

बिहीबार सभामुखको निर्वाचनका क्रममा एमाले सांसद घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन् । नेपालको कम्युनिष्ट आन्दोलनमा उत्पीडितको पक्षमा काम गरेको जानकारी प्रस्तावकले राखेको छु , उनले भने, नेपालीलाई एकताबद्ध बनाएर सबै जनतालाई व्यवस्थित गरेर नेपालको समृद्धिलाई अगाडि बढाउनुपर्ने दायित्व छ र यसका लागि देवराज योग्य सक्षम रहेको बताए ।

उनले घिमिरेको पक्षमा मत मागेका छन् । यस सदनको नेतृत्व, सदनका रुपमा यहाँ भएका सबै दल, स्वतन्त्र माननीय सबैले उनको पक्षमा मतदान दिन अनुरोध गरेका छन् ।