राष्ट्रिय किसान आयोगद्वारा गुनासो व्यवस्थापन कक्ष सञ्चालन

काठमाडौं । राष्ट्रिय किसान आयोगले आफ्नो छैठो स्थापना दिवसको अवसर पारेर किसान लक्षित गरी गुनासो सुनुवाई कक्ष सञ्चालनमा ल्याएको छ । कक्षको नवनियुक्त कृषि मत्री ज्वाला कुमारी साहले उद्घाटन गरेकी हुन् ।

उदघाटनका कार्यक्रममा बोल्दै मन्त्री साहले किसान आयोग किसानहरुको गुनासो सुन्नका लागि भएको बताउँदै आयोगले सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन कक्षले सकारात्मक सन्देश जाने बताईन ।

कार्यक्रमा राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम प्रसाद दंगालले गुनासो व्यवस्थापन कक्षमा आएका किसानहरुका गुनासालाई सम्बन्धित निकायसम्म पुर्याउने काम गर्ने बताए ।

किसानहरुले अब १६६००११०६१८२ टोल फ्रि नम्बरमा आफ्ना समस्या तथा गुनासाहरु राख्न सक्नुहुनेछ । सोही अनुसार उहाँका समस्याहरु सम्बोधन हुनेछन् । कक्षको उदघाटन पश्चात मन्त्री साहले गुनासो व्यवस्थापन कक्षमा किसानहरुका गुनासो सुन्नु सुनेकी थिइन् ।

कार्यक्रममा किसान आयोगको वार्षिक प्रतिवेदन अध्यक्ष डा प्रेम दंगालले मन्त्री साहलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमा राष्ट्रिय किसान आयोगका पदाधिकारी, कर्मचारी, विभिन्न राजनीतिक पाटीका प्रतिनिधि, किसान संघ संगठनमा पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।