पानी पिउनुका १० फाइदा र १० घाटा

न सुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । दिनमा कम्तिमा ८ गिलास पानी पिउनु पर्ने सल्लाह पनि चल्तिको सल्लाह हो । तर शरीरमा पानीका फाइदा र बेफाइदा दुवै छन् । यहाँ पानी पिउनुका १० फाइदा र १० घाटाको चर्चा गरिएको छ ।

पानी पिउनुका १० फाइदा

१. विहान उठ्ने वित्तिकै एक गिलास पानी पिउनु उत्तम हुन्छ । यसलाई बानी नै बनाए पनि हुन्छ । यसले पेट सफा गर्छ र पानी पिउँदा त्वचाको रुखो पनि पनि हट्छ ।

२. विहान उठ्ने वित्तिकै मन तातो मानीमा कागती हालेर पिउँदा शरीरमा रहेका विषाक्त तत्व विनष्ट हुन्छन् । यसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।

३. केही मानिस बढी नै चिसो पानी पिउन मन पराउँछन् । यसले खराव गर्छ । यसैले बढी चिसो पानी पिउनु हुँदैन ।

४. चिया कफि पिउने बानी छ भने ग्रीन टी पिउनुस् । यसले शक्ति प्रदान गर्छ ।

५ .हल्का पेय पदार्थ भन्दा मनतातो पानीमा कागती हालेर पिउँदा हितकर हुन्छ । यसले शक्ति बढाउँछ र पाचन शक्ति पनि राम्रो पार्छ ।

६. तौल कम गर्न पनि चिसो पानीको सट्टा मन तातो पानी पिउनु फाइदाजनक हुन्छ ।

७. पानी पिउँदा एसिडटी हटछ किन भने पानीले पेट सफा राख्छ ।

८. हाम्रो दिमाग ९० प्रतिशत पानीले बनेको हुन्छ । पानी नपिउँदा टाउको दुख्ने समस्या समेत हुन्छ ।

९. पानीले जोर्नीहरुलाई तरल राख्छ र जोर्नीको दुखाइ पनि कम गर्न मद्दत गर्छ ।

१०. हाम्रो शरीरका मांसपेसीमा ८० प्रतिशत पानी हुन्छ । यसले पानीको सेवन जति बढी गर्‍यो त्यति नै मांसपेसीको अरठ्ठिलो पन कम हुन्छ ।

पानी पिउँदा हुने १० घाटा

१. आवश्यक भन्दा बढी पानी पिउँदा मृगौलामा दवाव पर्छ र मृगौलामा समस्या देखिन थाल्छ ।

२. पानीको ओभरडोज भयो भने शरीरका तन्तुहरु पनि विनष्ट हुन्छन् ।

३. जुन ब्यक्तिको बाइपास सर्जरी गरेको छ त्यस्ता ब्यक्तिलाई पानी अड्कलेर मात्र पिउनु पर्छ । चिकित्सकले पनि पानी अडकलेर मात्र पिउन भन्छन् ।

४. शरीरमा आवश्यकता भन्दा बढी पानी भयो भने पाचन रस उत्पादन हुन बन्द हुन्छ र खाना पच्न अहसजता पैदा हुन्छ ।

५. विशेषज्ञका अनुसार खाना खाएपछि चिसो पानी पिउँदा घाटा हुन्छ । तातो खाना खाए लगत्तै चिसो पानी खाँदा तैलीय पदार्थ जम्न थाल्छ यसले पाचन प्रणाली प्रभावित हुन्छ । खाना खाएपछि तातो पानी पिउनु राम्रो हो ।

६. घामबाट घर आउने वित्तिकै पानी पिउनु खतरनाक हुन्छ ।

७. खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।

८. खाना पछि तत्काल पानी पिउँदा शरीरमा तैलीय पदार्थ बढ्छ ।

९. अत्याधिक पानी सेवनले आलस्य बढाउँछ ।

१०. खरभुजा वा काँक्रो खाए लगत्तै पानी पिउँदा रुगा खोकी शुरु हुने खतरा हुन्छ ।