प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । शर्माका अनुसार भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भइरहेको बताएका छन् ।