के छुट्लान् त हत्याको अभियोग लागेका पूर्व सांसद रेशम चौधरी ?

काठमाडौं । कुनै बेला संगीतकारका रुपमा चिनिएका रेशम चौधरी कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा जनपथ प्रहरीका एसपी लक्ष्मण न्यौपाने सहित ६ सुरक्षाकर्मीको मृत्यु, २ वर्षे बालक टेकन्द्र साउदको पनि निधन भएको थियो । टिकापुर घटनाको मुख्य योजनाकार रुपमा रेशम चौधरी भएको अदालतले ठहर गर्यो, रेशम चौधरी फरार भए ।

फरार सूचिमा रहेका रेशम चौधरी तात्कालिन संघीय समाजवादीबाट अत्यधिक मतका साथ सांसदमा विजयी भए । भूमिगत अवस्थामा नै प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले २०७४ फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । चौधरी सहित थारु नेताहरुलाई कैलाली अदालतले पुर्पक्षका लागि जेल पठाउने निर्णय गरेसँगै २०७५ वैशाख ३ गतेदेखि उनी सदरखोर डिल्लीबजारमा थुनामा रहेका छन् ।

चौधरी सांसदमा निर्वाचित भएर पनि संसद छिर्न पाएनन् । उनी सदस्य रहेका दल सरकारका गयो तर पनि उनी छुटेनन् । उनी नछुट्नुको एउटै कारण थियो, टिकापुरको नरसंहारको योजनाकारका रुपमा अदालतले गरेको फैसला ।
रेशम चौधरी उनी व्यक्ति हुन् जसले तात्कालीन राजा ज्ञानेन्द्र शाहले माघ १९ गते ‘कु’ गरेपछि तात्कालिन एमालेका नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री पदका लागि राजदरबारमा विन्ति पत्र हालेका थिए ।

तर ज्ञानेन्द्र शाहले यी दुवैलाई प्रधानमन्त्री बनाएनन् । यद्यपी रेशम चौधरीले जेल भित्रै बसेर दल दर्ताको योजना बनाए । दल दर्ता गर्न खोजे त्यसमा असफल भएपछि उनले श्रीमतीलाई दलको नेतृत्व गर्न लगाएर नागरिक उन्मूक्ति पार्टी दर्ता गरे ।
रेशम चौधरीको श्रीमती रञ्जिता श्रेष्ठले प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएर श्रीमान्ले प्रवेश गर्न नपाएको संसद भवनमा सांसदका रुपमा प्रवेश गरिन् । अहिले श्रेष्ठको नेतृत्वको नागरिक उन्मूक्ति पाटीले वर्तमान सरकारलाई विश्वासको मत दिएको छ ।

सुदुरपश्चिममो मुख्य मन्त्रीले बुधबार प्रदेश सभामा विश्वासको मत लिनु पर्ने भएपनि नागरिक उन्मुक्ति पार्टीका सदस्यहरु उपस्थित नभएका कारण सभा नै स्थगित भयो । संघ सरकारलाई विश्वासको मत दिएका कारण रेशम चौधरीलाई छुटाउनु पर्ने माघ सो दलले लिएको छ । त्यसका लागि सरकार साझेदारका ठूला दुई दलका नेता पुष्पकमल दाहाल र केपी ओली छलफलमा नजुटेका पनि होइनन् ।

अहिले ओली र दाहालले रेशम चौधरीलाई छुटाउने मौखिक बचन दिने संकेत देखिएको भएपनि रेशम चौधरी जेल मुक्त हुने अवस्था भने देखिँदैन ।

नरसंहारको आरोप लागेका चौधरीलाई सरकारले कुनै न कुनै रुपमा छुटाउने प्रयत्न नगरेको भने होइन तर सरकारको चर्को विरोध हुने देखिएकाले ओली र प्रचण्ड दुवै मौन देखिएका छन् । माओवादी र एमाले भित्र पनि रेशम चौधरीलाई छुटाउन नहुने दवाव नेता कार्यकर्ताहरुले दिएकाले रेशम चौधरी जेल मुक्त हुने संकेत भने देखिँदैन ।