सिलिण्डर पड्कादा सांसद चन्द्र भण्डारी र आमा घाइते, किर्तिपुरमा उपचार हुँदै

काठमाडौं( ग्यास सिलिन्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारी र उहाँकी आमा गम्भिर घाइते हुनुभएको भण्डारीको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार गुल्मी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

डाक्टरहरुका अनुसार माननीय डा= चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशतको हाराहारी शरीरको भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।