उपराष्ट्रपति निर्वाचनबारे सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ ।

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न बसेको गठबन्धनको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो ।

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार दुई जना उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा मध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा सत्ता गठबन्धन विभाजित भएको हो ।