तेश्रो उपराष्ट्रपतिका रुपमा रामसहाय यादव निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल मिलेर उपराष्ट्रपतिमा यादवलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाइन् ।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

जस अनुसार रामसहाय प्रसाद यादवले कुल ३० हजार ३२८ र अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत भार पाइन् । ममता झाले द्द हजार ५३७ र प्रमिला यादवले ४८ मत भार पाएकी छिन् ।