मौलिक परम्परागत गरगहना हराउँदै, कालिगढ विस्थापित

काठमाडौं । बागमती प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठले नेपाली मौलिक परम्परागत गरगहना पहिला बिदेशमा निर्यात हुने गरेको र अहिले ठिक बिपरित आयात हुँदा नेपाली कलिगढ विस्थापित भएको बताएकी छिन् । स्वदेशी कामदार निर्भर हुने गरी प्रशिक्षण दिनका लागि सरकारको तर्फबाट सहयोगी भूमिका हुनुपर्ने बताउँदै श्रेष्ठले ब्यबसायीलाई सहज हुनेगरी ब्यबस्था परिमार्जन गराउन संघीय सरकारलाई सुझाब दिने सुनसाँदी व्यवसायी संघको बार्षिक साधारणसभामा व्यक्त गरेकी हुन् ।

नेपाल सरकारले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरुले मात्र आयात र विक्री गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायीहरु प्रति अपमान गरेको व्यवसायीले स्थानीय कर, आन्तरिक राजस्व कर वाणिज्य कर सुनको भन्सार गरी वार्षिक रुपमा सुनचादी व्यवसायीबाट मात्र असंख्य राजस्व उठाई राखेको आईरहेको तर व्यवसायीहरुको समस्याको कुनै सुनुवाई सरकारबाट नभएको राष्ट्रिय उपभोक्ता मंचका संयोजक प्रेम लाल महर्जनले बताए ।
नेपालको सुन बजारमा दैनिक ३० के जी सुनको आवश्यकता छ तर नेपाल राष्ट्र बैंकबाट दैनिक १० के।जी। सुन मात्र उपलब्ध गराई रहेको कारण ब्यबसाय चलाउन व्यवसायीको मुख्य समस्या रहेको व्यवसायीको गुनासो छ ।
संघका अध्यक्ष सुरेश शाक्यले सरकारले बजार मागअनुसार पर्याप्त सुनचाँदी आपूर्ति गर्न नसक्दा कालोबजारी मौलाइरहेको बताए । राज्यले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरूले मात्र आयात गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायी ठूलो पीडामा परिरहेको उनको भनाइ छ । देशभरि हाल यो व्यवसायमा २५ लाख साना ठुला ब्यबसायी रहेको र २ लाखले रोजगारी पाएको संघको तथायंकमा छ। ्काठमाडौँमा मात्र कुल ६० प्रतिशत लगानी यो ब्यबसायमा रहेको छ ।