सरकारको आश्वासनमा मिटरव्याज पीडित नपर्नु

काठमाडौं । सरकारले मिटरव्याजी पीडितहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । पटक पटक सरकारले दिएको आश्वासन पूरा नभएपछि आन्दोलनलाई अझ सशक्त बनाउने तरिकाले पुन ः जिल्ला जिल्लाबाट पैदल यात्रा काठमाडौं आईपुगेका छन् । मिटरव्याजी पीडित पैदल यात्रा काठमाडौं आईपुग्दासम्म नदेखेको सरकारले काठमाडौंमा आन्दोलन चर्काउने संकेत देखेपछि आन्दोलन स्थगित गर्न आग्रह गरेको छ ।

मिटरव्याजीहरुको इशारामा नै चलेको सरकारले पीडितहरुलाई राहत दिने कुनै पनि संकेत देखाएको छैन । बरु सरकारलाई असहज हुने हो कि भन्ने डरले आन्दोलन स्थगित गर्न आग्रह गर्नुलाई सरकारले फेरि आश्वासन दिएर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको छ ।

मिटरव्याजी पीडितहरुको पक्षमा कुनै दलले वास्तविक कुरा बाहिर ल्याउन चाहिरहेको छैन । जिल्लामा मिटरव्याजीहरु अधिकांश राजनीतिक नेतृत्वको छत्रछाँयामा बसेर जनतालाई लुट मच्चाईरहेका छन् । यदि मिटरव्याजीलाई सरकारले सत्यतथ्य खोजि गरी कार्वाही गर्ने हो भने अधिकांश पार्टी निकट नै पर्ने भएकाले पनि सवै दल तै चुप मैचुप गरेर बसिरहेका छन् ।

अहिलेको परिस्थिति र मिटरव्याजीका कारण पीडितहरु घरबार विहिन बन्ने पर्ने अवस्थाका कारण सरकारको आश्वासनमा पर्नु भनेको समस्या ज्यूँका त्यूँ नै रहन्छ ।