सेन्ट जेभियर्सले दादागिरी देखाए स्कूल नै वन्द गरिदिने मेयर चिरीबाबुको चेतावनी

ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रभित्र पर्ने जेण्ट जेभियर्स स्कूले महानगरपालिकाको निर्देशन अवज्ञा गरी अगाडि बढे स्कूल नै वन्द गर्न सकिने चेतावनी महानगरपालिकाका मेयर चिरीबाबुले दिएका छन् ।

सरकारले कक्षा १ का लािग प्रवेश परीक्षा लिन नपाउने नियम बनाएको भएपनि सो विद्यालयले अभिभावकहरुलाई वेवकुफ बनाउँदै चार हजार भन्दा बढीको आवेदन लिएर अभिभावकसँग अन्र्तवार्ता समेत गरिसकेको छ ।

सर्वसाधारण अभिभावकलाई अन्र्तवार्ता लिए पनि कोटा प्रणाली भन्दै चार हजार विद्यार्थी मध्येबाट २० जना विद्यार्थीलाई पनि कक्षा १ मा भर्नाका लागि अवसर दिने गरेको देखिँदैन । जेन्ट जेभियर्स स्कूलले मन लाग्दो किमिसले कोटातय गर्ने, पहुँचका आधारमा बालबालिका भर्ना गरिरहेको गुनासो बढ्दै गएकाले पनि कोटा छुट्याउन वन्द गरी पारदर्शि ढंगले विद्यार्थी भर्ना गर्नु पर्ने महानगरको भनाई छ ।

२०७२ सालको संविधानले माध्यमिकत तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका विद्यालयहरुको अनुगमन, गुणस्तर लगायतका विषयमा स्थानीय तहले कानून समेत बनाउने अधिकार छ ।

तर ललितपुर महानगरपालिकाको नियमलाई जेन्ट जेभियर्सले धज्जी उडाउन खोजी आफ्नै तरीकाले विद्यालय भर्ना अभियान चलाईरहेको छ । महानगरको स्वीकृत र सहमति विना विद्यार्थीहरु भर्ना गर्ने कार्य गरे विद्यालय वन्द गरी नियमानुसार कार्वाही गर्न महानगरपालिका तयार रहेको मेयर चिरीबाबुले बताएका छन् ।