कोरोना संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ नमुनामध्‍ये ५ सय ७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ७९ जना पुगेको छ ।