राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गरेका छन् ।

वैशाख ४ गतेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो । तर, मंगलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।