कोरोना संक्रमणबाट २ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार २ सय ९१ नमुनामध्‍ये ९ सय ८० जनाको पीआर परीक्षण गर्दा १ सय ५ र १ हजार ३ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १ सय ७१ जनामा संक्रमण देखिएको हो ।