यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् ।

घरेलु मैदानमा दर्शकको साथमा नेपाल युएईमाथि सानदार जित निकाल्ने तयारीमा छ। युएई पनि नेपाललाई हराएर एसिया कपको ढोका खोल्ने अभियानमा छ ।

नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबीच एकदिवसीयमा मात्र १३ पटक भिडन्त भएको छ ।

जसमा नेपालले सात र युएईले ६ खेल जितेको छ । नेपाल सोमबार घरेलु मैदानमा दर्शकको उत्साहसाथ उपाधि जित्ने लक्ष्यमा छ ।

शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् ।

युएईविरुद्ध नेपालका  रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।