स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

काठमाडौँ । कैलाली, धनगढी उपमहानगरपालिका उत्तर बेहडी चोकबाट स्रोत नखुलेको ४१ हजार नेपाली रूपैयाँ र ९ लाख भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका बस्ने २९ वर्षीय अक्षय राना र सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राना रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९ प ३८०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।