आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ।

आइतबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।