पाकिस्तानका पूर्वप्रधानमन्त्री खान फेरि पक्राउ पर्लान् त ?

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान फेरि पक्राउ पर्न सक्ने भन्दै विभिन्न आशंकाहरु उब्जिन थालेका छन् । यसैबिच खान रावलपिण्डीस्थित नेशनल एकाउन्टेबिलिटी ब्यूरो ९एनएबी० को अदालतमा हाजिर हुने भएका छन् ।

इमरानको यो सुनुवाई अल कादिर ट्रस्ट मामिलामा भइरहेको छ, जसमा इमरानलाई पहिले पनि पक्राउ गरिएको थियो र त्यसपछि धेरै हंगामा भएको थियो।

सर्वोच्च अदालतको हस्तक्षेपपछि इमरान खानले जमानत पाएका थिए । एनएबीले उनलाई फेरि समन पठाएको छ ।

इमरानले हाजिरी हुनुअघि नै आफ्नो गिरफ्तारीको आशंका व्यक्त गरेका छन् तर आफ्ना समर्थकहरूलाई शान्ति कायम राख्न अपिल गरेका छन्।