भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरूलाई अनुसन्धान गर्न म्याद थप

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिनको म्याद थपेको हो।

यस प्रकरणसम्बन्धी मुद्दा भोलि (बुधबार) अदालतमा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ। स्रोतका अनुसार मुद्दा दर्ता भएपछि भोलिबाटै थुनछेक बहस सुरु हुनेछ।

जिल्ला प्रहर परिस काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार अदालतले हिरासतमा राख्ने दिएको म्याद मंगलबार सकिएको छ। म्याद थप गर्नका लागि १६ जनालाई अदालतमा उपस्थित गराइएको थियो।