मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रीहरुले लिए शपथ

काठमाडौं ।  मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै नवनियुक्त मन्त्रीहरुले आज शपथ लिएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्र प्रसाद महतोलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपग दिलाएका हुन्।

राज्यमन्त्री प्रमिला कुमारीलाई भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ दिलाएका थिए। मंगलवार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।