काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका छन् ।
जारी प्रतिनिधिसभा बैठकको सुरूमै उठेर रास्वपाका सभापति सहित पार्टीका सांसदहरूले अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंका व्यक्त गरेका हुन् ।
त्यस्तै लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।
लामिछानेले भने, ‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने रु विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस्।
Add Comment