नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि नभएको बताएका छन् ।

उनले सरकारले नीति तथा कार्यक्रममा घोषणा गर्ने, तर त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ । सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’

हामीले उपचारात्मक विधिबाट मात्रै भ्रष्टाचारको अन्त्य गर्न सक्दैनौँ । यसका लागि अहिले निर्वाचनमा हुने खर्च प्रणालीदेखि निजामती, प्रहरी वा संवैधानिक आयोगको नियुक्त सम्ममा भ्रष्टाचार नियन्त्रण गर्ने नीति लिन सक्नुपर्छ,’ उनले भने ।