नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ । राजधानीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीहरुलाई कारबाहीको माग गद विरोध प्रदर्शन भएको छ ।

विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले बुधवार सो प्रकरणमा मुछिएकाहरु विरुद्ध संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत सङ्गठनहरूको सहभागिता रहेको थियो । माइतीघरदेखि नयाँ वानेश्वरसम्म भएको विरोध प्रदर्शनमा सहभागीहरूले सो प्रकरणमा मुछिएकाहरू मानवतस्कर भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।