चक्रपथ दोस्रो खण्ड विस्तारलाई २ अर्ब ७ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले चक्रपथ दोश्रो खण्ड कंलकी–बसुन्धरा विस्तार तथा निर्माणलाई तीव्रता दिने भन्दै २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष २०८०र/८१ को बजेट वक्तव्यमार्फत राष्ट्रिय राजमार्गमा आवश्यकता अनुसार फ्लाई ओभर र अन्डरपास निर्माण गरिने बताए ।

त्यस्तै ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माणलाई तिब्रता दिइने जनाइएको छ । कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डर पास निर्माणको काम अघि बढाइने अर्थमन्त्री महतले बताए ।