भुटानी शरणार्थी प्रकरण : खाणको तर्फबाट दुई महान्यायाधिवक्ताले बहस गर्दै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार बाट थुनछेक बहस शुरु हुँदै छ ।

बहसका लागि पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट दुईजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने भएका छन् । बालकृष्ण खाणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्ने भएका छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्काले पनि खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले रातोपाटीलाई बताए । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित १८ जना कानुन व्यवसायीहरुले खाणको तर्फबाट बहस गर्ने भएका छन् । योगेन्द्र अघिकारी डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन् ।