संसद्को अवरोध हटाउन सचेतकहरूसँग सभामुखले छलफल गर्दै

काठमाडौं । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैछन् ।

अहिले केहीबेरमा नयाँ बनेश्वरमा प्रमुख दलका सचेतकहरूसँग छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सुरुमै प्रष्टीकरण राख्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि सभामुख घिमिरेले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गरेका थिए ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए ।